धनगढी- धनगढीका युवा व्यवसायी दिपेन्द्र भट्ट समाजसेवा रत्न पदकबाट बिभुषित हुने भएका छन् । संविधान दिवसका उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार देशभरिका ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।
सरकारले सार्वजनिक गरेको विभूषित हुनेहरूको नामावलीमा कैलालीका युवा व्यवसायी दिपेन्द्र भट्ट पनि छन् । भट्ट समाजसेवा रत्न पदकबाट विभूषित हुने भएका हुन् ।
भट्टले धनगढीमा विभिन्न व्यवसायहरु गर्दै आएका छन् । उनले १३६ जनालाई रोजगारी दिएका छन् । भट्टले दुरसञ्चार, मोबाईल लगायतका विभिन्न व्यवसायहरु सञ्चालन गर्दै आएका छन् ।
समाजसेवा रत्न पदकबाट बिभुषित हुने भएपछि भट्टले आफ्नो काममा अझ जिम्मेवारी थपिएको बताए । उनले आगामी दिनमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कामहरुलाई निरन्तरता दिने बताए ।