सुपथ मूल्य पसलबाट सस्तोमा चामल बेच्दै खाद्य
2022/09/22, 6:00
 
ss

धनगढी- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रदेश कार्यालय धनगढीले चाडपर्वलाई लक्षित गरेर धनगढीमा सुपथ मूल्य पसल संचालनमा ल्याएको छ । खाद्यले धनगढीको मोहनपुरस्थित आफ्नो गोदाम र धनगढी कार्यालय परिसरमा सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ ।

सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलिय मूल्यमा चालम उपलब्ध गराउने व्यवस्था गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख इन्जिला बस्नेतले जानकारी दिइन् । खाद्यले चामलमा प्रतिकिलो सात रुपैयाँ छुट दिने व्यवस्था गरेको छ । दसैँ, तिहार, छठजस्ता ठूला चाडपर्वमा सर्वसाधारणलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराएर सहुलियत दिन सुपथ मूल्य पसल सञ्चालन गरिएको उनले बताइन् ।

प्रतिक्वीन्टल चार हजार छ सय पर्ने मोटो चामल खाद्यको पसलबाट तीन हजार नौ सय रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै प्रतिक्वीन्टल छ हजार सात सय पर्ने मसिनो चामल छ हजारमा र प्रतिक्वीन्टल ११ हजार पर्ने बास्मती चामल १० हजार तीन सय रुपैयाँमा बिक्री भइरहेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिइन् ।

साल्ट टेडिङ्गले सञ्चालन गर्ने सुपथ मूल्य पसलमा पनि सहुलियत मूल्यमा चामल बिक्रीको व्यवस्था गरिने उनले बताइन् ।