
सरकार र आमरण अनशनरत डाक्टर गोविन्द केसीबीच सहमति भएको छ ।

सहमतिको प्रस्ताव तयार भएको छ । सहमतिमा हस्ताक्षर डाक्टर केसीले हस्ताक्षर गरेका छन् । शनिबार साँझ नै डाक्टर केसीले अनशन तोडेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
डाक्टर केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै सेती प्रादेशिक अस्पतालमा लगिएका उनलाई पछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो ।

डाक्टर केसीले बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण निशुल्क गर्नुपर्ने लगायतका माग राखेर अनशन बसेका थिए ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/07/15, 4:39