सुदूरपश्चिम राजधानी कप धनगढीमा सुरुः रात परेपछि उद्घाटन खेल आधामै रोकियो
2022/09/24, 7:13
 
ss

कैलाली- कैलालीको धनगढीमा आजदेखि सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । पिएफए स्पोटर््स क्लब अत्तरियाको आयोजनामा सात वटा प्रदेशको सहभागीता रहेको फुटबल प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक योजना मन्त्री प्रकाश रावलले उद्घाटन गर्नुभयो । धनगढी स्थित रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरेका छन् । 

1

ढिलो गरी उद्घाटन खेल भएपछि खेल रोकिएको छ । रात परेपछि स्थगित गरिएको खेल भोली खेलाईने भएको छ । बाँकी रहेको १७ मिनेटको खेल भोली खेलाईने आयोजकले जनाएको छ । खेल रोकिनु अघि दुबै टोलीले गोलरहित बराबरी खेलका छन् । भोली नै हुने अर्को खेलमा मधेश प्रदेश र लुम्बिनी प्रदेश पनि प्रतिस्पर्धा गर्नेछन् । 

1

प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख, सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन भने उप विजेताले नगद ३ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगीतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।