
टीकापुर– कैलालीको टीकापुर नगरपालिका–२, कोठारपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । एक युवती गम्भीर घाइते भएकी छन् ।

टीकापुर–२, विजयनगरका ७० वर्षीय भोकारी थारुको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जनाइएको छ । घाइते भएकी मोटरसाइकलमा पछाडि सवार स्थानीय १८ वर्षीया आस्मा चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
शनिबार बेलुका करिब पौने ७ बजे से६प ३१८१ नम्बरको मोटरसाइकलले थारु सवार साइकललाई ठक्कर दिएर पल्टिएको थियो । मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 6:30
2020/12/30, 6:21
2021/08/03, 4:13
2022/05/06, 12:23