दसैँमा ४ सय क्वीन्टल चामल हेलिकोप्टरबाट टिंकर र छाङरु पठाउँदै खाद्य कम्पनी
2022/09/25, 10:07

दार्चुला-- दसैँका लागि दार्चुलामा ४ सय क्वीन्टल चामलसहित खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गरिने भएको छ । टिंकरमा १६० र छाङरुमा २४० क्वीटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान गरेको छ ।

कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास गाउँपालिको टिंकर र छाङरुसम्म हेलिकप्टबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य सिलबन्दी पेस गर्न भनिएको छ ।
स्वीकृत भएको हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुपर्ने छ । र, दसैैं अघि नै खाद्यान्न ढुवानी गरिनेछ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/20, 4:02
2021/09/06, 2:54
2023/11/21, 1:15