
धनगढी- एयरलाइन्स कम्पनीहरुले दशैँ नजिकिएसँगै आन्तरिक हवाई उडानको भाडा दरमा बृद्धि गरि दिएका छन् । आन्तरिक उडानमा काठमाडौँबाट सबैभन्दा लामो दूरीमा रहेको धनगढीको हवाई भाडा बृद्धि गरेर १७ हजारसम्म पुगाइएको छ ।

जबकी काठमाडौँ–दिल्लीको भाडा त्यो भन्दा सस्तो छ । अनलाइन टिकट बुकिङमा अगामी १४ गते शुक्रबार काठमाडौँ–धनगढीको भाडा दर १२ हजार ७२५ देखि १७ हजार २५ रुपैयाँ सम्म कायम गरिएको छ ।
काठमाडौँदेखि धनगढी आइपुग्ने विमानले अधिकतम एक घण्टा २० मिनेटसम्म लागाउने गरेका छन् । तर शुक्रबार नै एक घण्टा ४५ मिनेटको दूरीमा रहेको काठमाडौँ–दिल्लीको भाडा दर भने १४ हजार कायम छ ।

काठमाडौँबाट धनगढी आउने भन्दा दिल्ली जाने भाडादर सस्तो भएपछि एयरलाइन्स कम्पनीहरुले बदमासी गरेको भन्दै आलोचना भइरहेको छ ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 6:30
2020/12/30, 6:21
2021/08/03, 4:13
2022/05/06, 12:23