कैलाली ४ मा दुई हेवी वेटको भिडन्त, कसको पल्ला भारी ?
2022/09/26, 12:03
 
ss

धनगढी- नेपाली काँग्रेसले कैलालीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको निर्बाचनमा नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बीर बहादुर बलायरलाई उम्मेदवार बनाउने भएको छ ।

डोटीमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेलाई काँग्रेसले छोड्ने भएपछि यसअघि डोटीबाट उम्मेदवार रहेका बलायरलाई कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाउने भएको हो ।

एमालेले भने केन्द्रिय सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्टलाई कैलाली क्षेत्र नम्बर ४ बाट एकल उमेदवारका रुपमा सिफारिश गरेको छ । काग्रेंसले प्रदेश सभापति बलायरलाई कैलाली क्षेत्र नम्बर ४ बाट लडाउने निर्णय गरेसंगै भट्ट र बलायरको भिडन्त हुने देखिएको छ । दुई हेवी वेट नेताको भिडन्तलाई निकै चासोका साथ हेरिएको छ ।

काग्रेंसका एक नेताका अनुसार नेताहरुलाई आ आफ्नै क्षेत्रमा चुनाव लड्न दिनुपर्ने हो तर गठबन्धन जोगाउनकै लागी काग्रेंसले बलायरलाई कैलाली ४ मा चुनाव लडाउँदा सफल हुन निकै सकस हुन्छ ।

कैलाली ४ मा यही क्षेत्रको नेतालाई टिकट दिनुपर्ने हो ति नेताले भने “तर बाहिरको नेतालाई टिकट दिदा कार्यक्रता रुस्ट त हुन्छन नै अब हामीले त पार्टीको निर्णय मान्नुपर्छ बलायरलाई जिताउँछौँ ।”

एमालेका एक नेताले काग्रेंसले बलायरलाई कैलाली ४ मा ल्याएसंगै लेखराज भट्टलाई जित्न झन सजिलो हुने बताए । भट्टलाई पराजित गर्न सक्ने यहाँका कुनै नेतामा ल्याकत थिएन ति नेताले भने “कसैको ल्याकत नपुगेपछि बाहिरबाट नेता ल्याएको छ काग्रेंसले तर हामी उहाँलाई सहजै पराजित गर्छौँ ।”

काँग्रेसले यसअघि उम्मेदवारका रुपमा चर्चामा रहेका सुनिल भण्डारीको स्थानमा बलायरलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको हो ।