एनआईसी एशिया बैंक मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
2022/09/29, 7:04
 
ss

धनगढी- एन.आई.सी. एशिया बैंकले सामाजिक सुरक्षा भत्ता वितरणको लागि शिविर संचालन गरेको छ । बेदकोट नगरपालिकाको समन्वयमा एन.आई.सी. एशिया बैंक, बेदकोट शाखाले वडा कार्यालयमै पुगेर भत्ता वितरण गरेको हो । घरमै भत्ता पाउन थालेपछि स्थानीय वासिन्दा खुसी भएका छन् । 

वडाबाटै भत्ता वितरण शुरु भएपछि आफूलाई राहत मिलेको र बैंकमा दिनभर लाईन बस्नुपर्ने बाध्यता हटेको स्थानीयको भनाई छ । जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको एन.आई.सी. एशिया बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सुबास जोशीले बताए । उनले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि नागरिकको अनुहारमा खुसी देख्दा आफूहरुलाई थप खुसी मिलेको बताए ।

उनले वडा नम्बर १ देखि १० सम्म वडामै पुगेर शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने पनि बताए । वडा नम्बर १ को वडा कार्यालयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण हालसम्म चार सय भन्दा बढी वासिन्दालाई वितरण गरिसकिएको छ । बैंकको शिबिरबाट लाभान्वित हुने बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहोराले जानकारी दिए ।