डोटीको दिपायलमा लिङ्गे पिङ्ग (फोटो फिचर)
2022/10/02, 10:45
 
ss

धनगढी-  डोटीको दिपालयमा नेपाली सेनाले लिङ्गे पिङ्ग राखेको छ । दशैमा एक पटक धर्ती छोड्ने मान्यताका आधारमा लिङ्गे पिङ्ग लेख्ने गरिन्छ । दशै तथा तिहारको अवसरमा श्री भैरव प्रसाद गणले दिपायलको दिल्पेश्वर माध्यमिक विद्यालय नजिक लिङ्गे पिङ्ग राखेको छ । दिपायलको लिङ्गे पिङ्ग खेल्न अहिलेस्थानीयको भिडभाड रहेको छ ।

तर, वडा दशैंको रौनक बढाउने लिङ्गे पिङ्ग विस्तारै हराउदै गएकोछ । ८/१० वर्ष अघिसम्म दशैंको घटस्थापनादेखि नै गाउ टोलमा रोटे र लिङ्गे पिङ्ग हालेर गाउले रमाउने गर्थे । तर आजभोली निक्कै कम भएकोछ । रोटे पिङ्ग त देख्नै छाडिएकोछ । कही कही लिङ्गे पिङ्ग मात्रै देखिन्छ ।

दशैंसंग धार्मिक, ऐतिहासिक र साँस्कृतिक सम्बन्ध बोकेको लिङ्गे पिङ्ग जिल्लाका थारै ठाउँमा मात्र देख्न सकिन्छ । यस बर्ष छोरै ठाउँमा मात्र लिङ्गे पिङ्ग राखिएको देखिन्छ । चचहुई गर्दै पिङ्गमा मच्चिने यी कुरा ईतिहास बन्न थालेकोछ । हाम्रो संस्कृति विर्सदै छौं उनले भने भावी पुस्ताकालागि यो पुस्तकमा समिति हुदैछ ।

दिपायलमा लिङ्गे पिङ्गको तस्बिरहरु ।

तस्बिरहरु : चक्र कुँवर/डोटी