सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट पुनः प्रदेशमै चुनाव लड्ने
2022/10/04, 8:55
 
dd

धनगढी-  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट फेरि प्रदेश सभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन्।  यसअघि डोटी जिल्ला पार्टीले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा सिफारिस गरेको भए पनि गठबन्धन गर्दा प्रतिनिधिसभाको प्रत्यक्ष समाजवादीका भागमा परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले पुनस् प्रदेशमा दोहरीन भनेकाले मुख्यमन्त्री भट्ट प्रदेशसभा सदस्यमा फेरी दोहरिने भएका हुन् ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका एक नेताका अनुसार उम्मेदवारी सिफारिसताका मुख्यमन्त्री भट्टले प्रतिनिधिसभाको प्रत्यक्षमा लड्ने तर पार्टीको भागमा प्रतिनिधिसभा सदस्य नपरे समानुपातिकमा नबस्ने बताएका थिए ।  तर, अहिले गठबन्धन गर्दा प्रतिनिधिसभाको प्रत्यक्ष समाजवादीका भागमा परेपछि पार्टी नेतृत्वले फेरि प्रदेश सभाका लागि तयारी गर्न भनेको बुझिएको छ । 

२०७४ सालको निर्वाचनमा भट्ट डोटी प्रदेश सभा ख बाट विजयी भएका थिए। वाम गठबन्धनका साझा उम्मेदवार रहेका भट्टले नेपाली काँग्रेसका योगेन्द्र बहादुर शाहीलाई २ हजार ४९६ को मतान्तरले पराजित गरेका थिए।