डोटीको बडीकेदार गाउपालिकाको केन्द्र खडेउलीमा खानेपानीको चरम अभाब
2022/10/06, 9:14
 
ss

डोटी- डोटीको बडिकेदार गाउपालिका खडेउली डोटीको केन्द्रमै खानेपानीको अभाब भएको छ । खानेपानीको अभाब भएपछी स्थानीय र होटल ब्यवसायीहरु सबैभन्दा मारमा परेका छन खानेपानीको मुहान आधा घण्टा तल बाट मोटर बाट पानि तानेको र सो मोटर खराब भएका कारणले अहिले पानि आपूर्ति बन्द भएको छ ।

बर्खा याममा अलि बढी पानि भएपनि बोकेर ल्याउन समस्या हुदै आएको र धनगढी देखि मिनिरल वाटर पानि गाडीमा ल्याएर होटेल चलाई रहेको डीएसी होटेल खडेउलिका संचालक तेज बहादुर साउदले बताए ।

आज भदा पाच बर्ष अगाडी बडिकेदार गाउपालिकाले लिप्ट सिस्टम बाट पानि तानेर वितरण गरेको थियो तर सधै कुहिरो र बादल लाग्ने ठाउ भएकाले लिप्ट सिस्टम सोलारले घाम लागेको दिन मात्र पानि तान्ने र घाम लागें भने पानि नआउने समस्या रहेको छ । खानेपानीको समस्या भएपछी एस ठाउका स्तानिया र ब्यापार व्यवसायी मारमा परेका छन ।