
प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी वारेस नामामार्फत हुने भएको छ । व्यस्तताका कारण उनी उम्मेदवारी दर्ताका लागि गृह जिल्ला डडेल्धुरा पुग्न नसक्ने भएपछि पत्नी डा. आरजु राणा देउवाले वारेस नामामार्फत उम्मेदवारी दर्ता गराउने जनाइएको छ ।

उम्मेदवारी दर्ताका लागि नेतृ देउवा डडेल्धुरा पुगिसकेकी छन् । आज दिउँसो उम्मेवारी दर्ता गराउने कार्यक्रम रहेको जनाइएको छ । नेपाली काङ्ग्रेसका पार्टी सभापतिसमेत रहेका देउवा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको चुनाव लडिरहेका छन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44