सशस्त्र प्रहरीभित्रको बेथिति उजागर गर्ने हवल्दार शाहुले पाए सफाइ
2022/10/13, 5:28
 
vcbgf

दार्चुलाको महाकाली नगरपालिका–२ मुल्लाका सशस्त्र प्रहरीका हवल्दार नरेशसिंह साहुले सफाइ पाएका छन् ।२०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनले सशस्त्रको ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा कारागार चलान  भएका थिए ।

गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनिमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको झुठो अभियोग लगाइएको थियो । सशस्त्रको उच्च अदालतबाट सफाइ पाएर नरेश साहु भोलि घर फर्किन लागेको उनको वकिलमार्फत जानकारी प्राप्त भएको छ ।