
कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरस्थित एक होटलमा साथीसँगै सुतेका युवक मृत भेटिएका छन् । महेन्द्रनगरस्थित गल्ली नम्बर ४ मा रहेको रारा होटलमा एक जना युवक मृत भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले उक्त होटलको ६ नम्बर कोठामा भीमदत्त नगरपालिका–१ का किसन साउँद मृत भेटिएको जानकारी दिए। साथीसँग होटलमा सुतेको रहेको बताउँदै सुतेकै अवस्थामा मृत भेटिएको उनले बताए ।
सँगै सुतेका साथी मृतकका दाजुलाई खबर गरेर घर गएको डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको र मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको जनाइएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/22, 8:28
2020/12/13, 9:54
2022/04/01, 3:40
2023/04/28, 7:23