
दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वाणी बस्ने ३५ वर्षीय कल्चु राना र शैल्यशिखर नगरपालिका–५ आगरका २३ वर्षीय सन्तोष डाँगा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र ०१००१ त १४६७ नम्बरको उक्त ट्याक्टर शनिवार बेलुकी शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
दुर्घटनामा परी शैल्यशिखर नगरपालिका–५ का २४ वर्षीय सुरेश डाँगा र २८ वर्षीय श्याम डाँगा घाइते भएका छन् । घाइते श्याम डाँगा सामान्य उपचारपछि घर फर्किएका छन् भने सुरेश डाँगाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/22, 8:28
2020/12/13, 9:54
2022/04/01, 3:40
2023/04/28, 7:23