संघीय सरकारले माग्यो भूकम्पबाट भएको क्षतिको विवरण
2022/11/10, 5:12
 
ss

संघीय सरकारले स्थानीय सरकारसँग बुधबारको भूकम्पले पुर्‍याएको क्षतिको विवरण माग गरेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका स्थानीय तहलाई पत्राचार गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्पबाट भएको क्षतिको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।

२३ कात्तिक बुधबार बिहान २ बजेर १२ मिनेटमा भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो। भौतिक क्षतिको विवरण भने आइसकेको छैन। मन्त्रालयले स्थानीय तहमा क्रियाशील सरकारी निकाय, विकास साझेदार, गैर सरकारी संघसंस्था, नेपाल रेडक्रस सोसाइटी, निजी क्षेत्रसमेतको एकीकृत परिचालन गरी एकद्वार प्रणालीबाट खोज, उद्धार र राहतमा जुट्न समेत अनुरोध गरेको छ। यस काममा समन्वय र सहजीकरण आवश्यक भए मन्त्रालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।