सुदूरपश्चिमको चुनावी तराजुः यस्तो छ लेखाजोखा
2022/11/15, 11:12
 
ss

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु आ–आफ्नो पक्षमा मतदाता फकाउन अन्तिम कसरतमा लागेका छन् । देशका सातै प्रदेशमा चुनावी माहोल रन्किएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवार सहित नेता कार्यकर्ता गाउँ र शहर छिरेर मतदातालाई आफूतर्फ तान्न प्रयास गरिरहेका छन् । मतदाताहरु उत्साहका साथ मतदानको दिन पर्खेर बसेका छन् ।

अन्य प्रदेशमा जस्तै सूदूरपश्चिम प्रदेशमा पनि कसले जित्ला कसले हार्ला रु भनेर चुनावी तराजुमा लेखाजोखा हुन थालेको छ । १६ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ९ जिल्ला रहेको सुदूर पश्चिम प्रदेशकै डडेलधुराबाट प्रधानमन्त्री समेत रहनु भएका काँग्रेस सभापति शेरबहादुर देउवा समेत उम्मेदवार हुनुहुन्छ । त्यसकारण पनि यो प्रदेशको चुनावलाई महत्वका साथ हेरिएको छ । २०७४ को निर्वाचनमा यो प्रदेशबाट देउवाले मात्रै प्रतिनिधि सभामा कांग्रेसको बीउ जोगाउनु भएको थियो । त्यतिबेला १६ प्रतिनिधि सभाका सिट मध्ये काँग्रेसले १ सिट,तत्कालीन राष्ट्रिय जनता पार्टीले १ सिट हात पारेको थियो भने अरु १४ सिटमा त्यतिबेला एमाले र माओवादी गठबन्धनले जितेको थियो । तर अहिले परिस्थिति बदलिएको छ ।

अहिले एमाले र माओवादीको गठबन्धन छैन । काँग्रेस, माओवादी,नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा ९बाम लोकतान्त्रिक० लगायतको गठबन्धन रहेको छ । एमालेले पनि केही साना दलहरुसँग गठबन्धन गरेको छ । यस्तो अवस्थामा एमालेले पहिलेको सिट जोगाउन सक्ला कि नसक्ला रु बाम लोकतान्त्रिक गठबन्धनले कति सिट ल्याउला वा अरु कोही आउला रु जस्ता प्रश्नलाई कौतुहलताका साथ हेरिएको छ ।


२०७४ र अहिलेको यस्तो छ अवस्था

बाजुरा

एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा अहिले नेकपा एमालेका तर्फबाट कर्ण बहादुर थापा उम्मेदवार हुनुहुन्छ भने बाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवारका रुपमा नेपाली काँग्रेसका बद्री प्रसाद पाण्डे उम्मेदवार बन्नु भएको छ । थापाले २०७० को संविधान सभा निर्वाचन जित्नु भएको थियो भने पाण्डे संविधान सभामा समानुपातिक सांसद बन्नुभएको थियो । त्यसैगरी २०७४ को निर्वाचन पछि राष्ट्रिय सभाको सदस्य बनेको अनुभव पनि छ । थापा एकटिक मन्त्री समेत बन्नु भएको थियो ।

२०७४ को निर्वाचनमा त्यतिबेला एमाले र माओवादीको गठबन्धनबाट नेकपा एमालेका लाल बहादुर थापा २८ हजार ६५ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कविराज पण्डितले २३ हजार १८१ मत ल्याउनु भएको थियो । थापालाई त्यतिबेलाको बिरासत जोगाउनु पर्ने चुनौती छ । उता प्रत्यक्ष निर्वाचनमा पहिलो पटक होमिनु भएका पाण्डेलाई गठबन्धनको साथ छ ।

अछाम

अछाममा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । २०७४ को निर्वाचनमा एमाले र माओवादीबीचको गठबन्धनमा दुवै क्षेत्र एमालेको भागमा परेको थियो । २०७४ मा क्षेत्र नम्बर–१ बाट एमालेका भीम रावल २४ हजार ८९३ मत ल्याएर विजयी बन्दा दोस्रो बन्नु भएका नेपाली काँग्रेसका भरत स्वाँरलाई १७ हजार ६८९ मत प्राप्त भएको थियो । तर यो पटक एमालेले रावललाई टिकट नदिएर झपट बहादुर बोहोरालाई दिएको छ भने बाम लोकतान्त्रिक गठबन्धनमा यो क्षेत्र नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । गठबन्धनका साझा उम्मेदवारका रुपमा समावादीका शेर बहादुर कुँवर उम्मेदवार हुनुहुन्छ । बिगतमा एउटै पार्टीमा रहेका बोहोरा र कुँवर अहिले एक अर्काका प्रतिस्पर्धी बनेका छन् ।

उता अछाम २ मा एमाले र बाम लोकतान्त्रिक गठबन्धनबाट पुरानै अनुहार प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेले २०७४ कै उम्मेदवार दोहोर्याएको छ भने गठबन्धमा यो क्षेत्र काँग्रेसको भागमा परेकाले पुरानै अनुहार दोहोर्याएको छ । एमालेबाट यज्ञ बहादुर बोगटी र कांग्रेसबाट गठबन्धनको साझा उम्मेदवारका रुपमा पुष्प बहादुर शाह उम्मेदवार हुनुहुन्छ । यहाँ पनि एमालेलाई पुरानै बिरासत जोगाउनु पर्ने चुनौती छ भने कांग्रेस उम्मेदवार शाह पहिलो पटक संसद छिर्ने दाउमा हुनुहुन्छ । २०७४ मा बोगटीले २१ हजार ९६५ मत ल्याएर निर्वाचिन हुनु भएको थियो । शाहले १९ हजार १०६ मत ल्याउनु भएको थियो । अछाममा स्वतन्त्र र अन्य साना पार्टीबाट पनि उम्मेदवार छन् ।

बझाङ

एकमात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा यो पटक नेकपा एमालले ऐन महरलाई उम्मेवार बनाएको छ । उता बाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवारका रुपमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी चुनावी मैदानमा हुनुहुन्छ । बिगतमा एउटै पार्टी नेकपा एमालेमा रहेका यी दुइजनाको भीडन्तलाई चासोका साथ हेरिएको छ । एमालेमा राजनीति गरेको अनुभव र उमेरका हिसावमा जोशी महरका गुरु हुनुहुन्छ भने महर चेलाको रुपमा हुनुहुन्छ । एमाले विभाजित हुँदा जोशी समाजवादीमा लाग्नु भयो भने महर एमालेमै रहनु भयो । २०७४ को निर्वाचनमा यो क्षेत्र एमाले माओवादी गठबन्धन हुँदा एमालेको भागमा परेको थियो । त्यतिबेला एमालेका भैरब बहादुर सिंहले ३४ हजार ६०२ मत ल्याउनु भएको थियो । उहाँका निकटतम् प्रतिस्पर्धी काँग्रेसका पृथ्वी बहादुर सिंहलाई २६ हजार ९१० मत आएको थियो ।

डोटी

सुदूर पश्चिम प्रदेशको डोटी निल्लामा पनि प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको छ । बाम लोकतान्त्रिक गठबन्धनमा डोटी नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । गठबन्धनको साझा उम्मेदवारका रुपमा समाजवादीका प्रेम बहादुर आले चुनावी मैदानमा होमिनु भएको छ भने एमालेले गौरी कुमारी वलीलाई उठाएको छ । आले र वली एमाले विभाजन अघि एउटै पार्टीमा थिए । २०७४ को निर्वाचनमा एमालेबाट उम्मेदवार बन्नु भएका आले ३२ हजार ५१० मत ल्याएर निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेसका बीरबहादुर बलायरलाई ३० हजार ८७८ मत आएको थियो ।

कैलाली

सुदूर पश्चिम प्रदेशको सबैभन्दा धेरै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्ला कैलाली हो । कैलालीमा ५ वटा निर्वाचन क्षेत्र रहेका छन् । कैलाली क्षेत्र नम्बर –१ बाम लोकतान्त्रिक गठबन्धनमा नेपाली काँग्रेसको भागमा परेको छ । काँग्रेसका तर्फबाट गठबन्धनको साझा उम्मेदवारका रुपमा रामजनम चौधरी उम्मेदवार बन्नु भएको छ । एमालेले तपेन्द्र बहादुर रावल र रेशम लाल चौधरीको नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीका तर्फबाट जेलबाटै उम्मेदवारी दिनु भएका रेशमलाल ३४ हजार ३४१ मत ल्याएर विजयी हुँदा एमालेकी मदन कुमारी शाहलाई १३ हजार ४०६ मत र नेपाली काँग्रेसकी ईश्वरी न्यौपानेलाई ११ हजार २०३ मत आएको थियो ।

यस्तै कैलाली –२ मा एमालेले यो पटक पनि झपट बहादुर रावललाई दोहोर्याएको छ ।उता बाम लोकतान्त्रिक गठबन्धनमा यो क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादीका भगत बडुवाल मैदानमा हुनहुन्छ । २०७४ को निर्वाचनमा रावलले २५ हजार १५७ मत ल्याएर निर्वाचन जित्दा नेपाली काँगे्रसका मोहनसिंह राठौरलाई २३ हजार ३१३ मत आएको थियो ।

कैलाली निर्वाचन क्षेत्र नम्बर –३ मा नेकपा एमालेले पहिले माओवादीबाट चुनाव जितेका र हाल एमालेमा रहेका गौरी शंकर चौधरीलाई उम्मेदवार बनाएको छ । यस्तै बाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रका कृष्ण कुमार चौधरी उम्मेदवार हुनुहुन्छ । २०७४ मा गौरी शंकरले २४ हजार ८७९ मत ल्याएर विजयी बन्दा काँग्रेसका रामजनम चौधरीलाई २० हजार ४९४ मत आएको थियो ।

यस्तै कैलाली ४ मा एमालेले पूर्व माओवादी र हाल एमालेमा रहनु भएका लेखराज भट्टलाई उम्मेदवार बनाएको छ । बाम लोकतान्त्रिक गठबन्नधबाट साझा उम्मेदवारका रुपमा नेपाली काँग्रेसका बीरबहादुर बलायर मैदानमा हुनुहुन्छ । यो क्षेत्रको निर्वाचनलाई पनि निकै कौतुहलताका साथ हेरिएको छ । भट्ट विगतमा माओवादीबाट चुनाव लडिरहेको अवस्थामा यस पटक एमालेबाट पहिलो पटक उम्मेदवार बन्नु भएको हो । उता बलायर पनि काँग्रेस सुदूर पश्चिमका प्रभावशाली नेता मानिनुहुन्छ । २०७४ को निर्वाचनमा भट्ट एमाले र माओवादी गठबन्धनको साझा उम्मेदवार बन्दा ३१ हजार ३५९ मत ल्याएर विजयी हुनु भएको थियो । त्यस बखत काँग्रेसका सुनिल कुमार भण्डारीलाई २० हजार ९६० मत आएको थियो । 

कैलाली क्षेत्र नम्बर –५मा एमालेले पुरानै अनुहार दाहोर्याएको छ । एमालेले नारदमुनी रानालाई फेरि टिकट दिएको हो । उता बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका डिल्लीराज पन्त उम्मेदवार हुनुहुन्छ । २०७४ मा एमाले र माओवादी गठबन्धन हुँदा चौधरीलाई चुनाव जित्न सहज भएको थियो । तर अहिले एमालेसँग गठबन्धन नहुँदा चौधरीलाई पुरानो विरासत जोगाउन सकस छ । २०६४ मा रानाले २७ हजार २०२ मत ल्याएर विजयी बन्दा काँग्रेसकी आरजु राणा देउवालाई २२ हजार ३२२ मत आएको थियो ।

कैलालीका सबै निर्वाचन क्षेत्रमा अन्य साना पार्टी र स्वतन्त्र तर्फबाट पनि उम्मेदवारी परेको छ ।

दार्चुला
दार्चुला जिल्लामा एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ । नेकपा एमालेले यस पटक पनि पुरानै उम्मेदवार गणेशसिंह ठगुन्नालाई उठाएको छ भने बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका दिलेन्द्र प्रसाद बडू उम्मेदवार हुनुुहुन्छ । यस अघि २०७४ को निर्वाचनमा ठगुन्नाले २८ हजार ९९८ मत ल्याएर विजय प्राप्त गर्नु भएको थियो भने काँग्रेसका बिक्रम सिंह धामीले २२ हजार २३३ मत ल्याउनु भएको थियो । त्यतिबेला ठगुन्नासँग एमाले माओवादी गठबन्धन थियो भने अहिले त्यो गठबन्धन छैन ।

बैतडी
सुदूर पश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्ला पनि एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो । यहाँ पनि एमालेले पुरानै अनुहार दामोदर भण्डारीलाई टिकट दिएको छ । उता बाम लोकतान्त्रिक गठबन्धनमा यो जिल्ला माओवादीको भागमा परेको छ । माओवादीले गठबन्धनको साझा उम्मेदवारका रुपमा नरेन्द्र बहादुर कुँवरलाई चुनावी मैदानमा उतारेको छ । २०७४ मा भण्डारीले त्यतिबेला एमाले र माओवादीको गठबन्धनबाट उम्मेदवारी दिँदा ३९ हजार ५ सय २४ मत ल्याएर जित्नु भएको थियो । उहाँका प्रतिस्पर्धी काँग्रेसका नरबहादर चन्दलाई २८ हजार २९१ मत आएको थियो । एमालेका भण्डारीसँग अहिले पहिलेको गठबन्धन छैन ।

डडेलधुरा

डलेलधुरामा पनि एकमात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ । यो जिल्लाको निर्वाचनलाई धेरैले निकै चासोका साथ हेरेका छन् । किनकि प्रजातन्त्र पुनः प्राप्त पछि भएका सबै निर्वाचनमा बर्तमान प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवालाई अपराजित यात्रा गराएर प्रतिनिधि सभामा छिराउने जिल्ला यही हो । देउवा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट यस पटक साझा उम्मेदवार हुनुहुन्छ । देउवाले अहिलेसम्म चुनाव हार्नु भएको छैन । नेकपा एमालेले यस पटक डलेलधुरामा आफ्ना उम्मेदवार नउठाएर नेपाली काँग्रेस ९बीपी० का उम्मेदवार कर्ण मल्ललाई समर्थन गरेको छ । स्वतन्त्र उम्मेदवार सागर ढकालले देउवासँग प्रतिस्पर्धा गर्ने भन्दै उम्मेदवारी दिनु भएको छ । २०७४ को निर्वाचनमा देउवाले २८ हजार ४४६ मत ल्याएर विजयी हुँदा माओवादप्का खगराज भट्टलाई २१ हजार ४९८ मत आएको थियो । तर अहिले काँग्रेस र माओवादीको गठबन्धन छ ।

कञ्चनपुर

कञ्चनपुर जिल्लामा तीनवटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् ।क्षेत्र नम्बर –१ बाम लोकतान्त्रिक गठबन्धनमा नेकपा माओवादी केन्द्रको भागमा परेको छ । माओवादीले गठबन्धनको साझा उम्मेदवारका रुपमा बीना मगरलाई उम्मेदवार बनाएको छ । २०७४ मा पनि मगरले नै जित्नु भएको थियो । एमालेले भने तारा लामा तामाङलाई उम्मेदवार बनाएको छ । २०७४ मा मगरले ३८ हजार ४६७ मत ल्याउँदा काँग्रेसका दिवान सिंह विष्टले १९ हजार २१९ मत प्राप्त गर्नु भएको थियो । त्यस बखत एमाले र माओवादी गठबनधन थियो भने अहिले काँग्रेस माओवादी लगायतको गठबन्धन छ ।

कञ्चनपुर क्षेत्र नम्बर –२ मा एमाले र काँग्रेस दुवै दलबाट यसपटक पनि यस अघिकै प्रतिस्पर्धी मैदानमा छन् । तर फरक यति हो विगतमा एमालेसँग माओवादीको गठबन्धन थियो भने अहिले काँग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन छ । यो क्षेत्रमा एमालेले नरबहादुर धामी र काँग्रेसले एनपी सावद ९नारायण प्रसाद० लाई उम्मेदवार बनाएको छ । धामीसँग विगतको गठबन्धन छैन भने सावद गठधनका साझा उम्मेदवार हुनुहुन्छ । २०७४ को निर्वाचनमा धामीले ३३ हजार २२० मत ल्याउँदा सावदलाई २४ हजार ८९३ मत आएको थियो ।

उता कञ्चनपुर क्षेत्र नम्बर –३ मा बाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवारका रुपमा रमेश लेखक चुनावी मैदानमा हुनुहन्छ भने एमालेका तर्फबाट निरुदेवी पाल उम्मेदवार हुनुहुन्छ । २०७४ मा एमाले र माओवादीको गठबन्धन हुँदा समेत लेखक थोरै मतले पराजित हुनु परेको थियो । तर अहिले लेखकसँग माओवादी,काँग्रेस लगायतको गठबन्धन छ । २०७४ मा नेकपा यमालेका दीपक प्रकाश भट्टले २६ हजार ३६४ मत ल्याएर चुनावी नतिजा हात पार्दा लेखकलाई २६ हजार १०६ मत आएको थियो ।