कोरोनाको विपत्तिमा सलहको कहर (भिडियो सहित)
2020/06/27, 4:18
 
salah

नेपालमा सलह किरा प्रवेश गरेको छ । भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हो । भारतसँग सीमाना जोडिएको प्रदेशका तीन जिल्लामा सहल देखिएको जानकारीमा आएको छ । सहल किरा देखिएका जिल्लाका किसान सहित अरु किसानलाई पनि सचेत रहन आग्रह गरेको छ ।

किसान एक्लैले सलह किरालाई रोक्न नसक्ने भएकोले ठूलो क्षति हुनबाट रोक्न पालिका र प्रदेश सरकारले आवश्यक समन्वय गर्नुपर्ने छ । सलह नेपाल प्रवेश गरेको तर प्रजातिको बारेमा यकिन गर्न बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार सामान्य फट्याङ्ग्रा किराले ठूलो क्षति नगर्ने तर लस्कट प्रजातिको फट्याङ्ग्रा भए बाली तथा बोटबिरुवामा ठूलो नोक्सानी गर्छ ।

लस्कट प्रजातिको फट्याङ्ग्रा ठूलो र खैरो खालको हुन्छ । किराहरु उड्दै–उड्दै नजिकै रहेको उष्ण प्रदेशीय बृहत् बागबानी केन्द्रमा समेत प्रवेश गरेका छन् । अहिले देखिएको किरा ८,१० हजारको झुण्डमा रहेको छ । नेपालका कृषि वैज्ञानिकहरुका अनुसार दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह किरा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको हो ।