
बझाङमा गएराति भरुवा बन्दुक पड्किएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका १ को जंगलमा निर्वाचनको एक दिनअघि भरुवा बन्दुक पड्किएको हो।

कैलासको जंगलमा गएराति भरुवा बन्दुक पड्किएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। राति फरक फरक समयमा १०ः ३०, ८ः०० र ९ः १५ बजेतिर नारायण माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्र नजिकै बन्दुक पड्किएको स्थानीयहरुले जनाएका छन्।
यता, प्रहरीले भने बन्दुक पड्काउनेको खोजी भैरहेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय बझाङले असोज १४ गते सूचना जारी गर्दै कार्तिक ५ गतेसम्म हातहतियार बुझाउन आग्रह गरेको थियो। तर, सो अवधिमा जिल्लामा एक जनाले मात्रै हातहतियार बुझाएका थिए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/22, 8:28
2020/12/13, 9:54
2022/04/01, 3:40
2023/04/28, 7:23