
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा ४५ प्रतिशत मत खसेको छ। दिउँसो ५ बजेसम्मको अपडेटअनुसार ४५ प्रतिशत मत खसेको हो।

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार डडेल्धुरामा शान्तिपूर्ण ढंगमा मतदान भइरहेको छ। अहिले पनि मतदाता लाइनमा बसेर मतदान गरिरहेका छन्।
प्रतिनिधिसभातर्फ १ र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ९१ हजार २ सय मतदाता छन्। देउवाले गन्यापधुरा गाउँपालिका १ असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका थिए। यहाँ देउवासँगै कांग्रेस बिपीका कर्णबहादुर मल्ल र स्वतन्त्र सागर ढकाल मुख्य प्रतिस्पर्धी हुन्।

2025/05/09, 9:51
2025/05/08, 7:58
2025/05/08, 7:57
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/01, 12:48
2020/10/02, 7:06
2022/09/07, 3:02
2024/01/12, 4:29
2021/08/12, 10:31