साढे १२ हजार मतान्तरसहित डडेल्धुराबाट देउवा सातौँ पटक निर्वाचित 
2022/11/23, 10:43
 
ss

डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।

डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा निर्वाचित भएका हुन्।

देउवा २५ हजार ५३४ मतका साथ विजयी हुँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे। नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए। २०४८ सालको आमचुनावमा देउवा डडेल्धुराबाट विजयी भएका थिए।

देउवाले २०५१ र २०५६ सालको संसदीय चुनाव, २०६४ र २०७० सालको संविधानसभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमा डडेल्धुराबाट जितेका थिए।