कञ्चनपुर ३ मा रमेश लेखक दोब्बरले अगाडि
2022/11/23, 4:05
 
ss

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखकले मतान्तर बढाएका छन्। उनी एमालेका उम्मेदवार निरुदेवी पाल भन्दा दोब्बरले अगाडि छन्। प्रतिनिधि सभा सदस्यको ५०७४४ मत गणना गर्दा लेखकले २६३८६ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार पालको १३०५५ मत छ। उनीहरु बिचमा १३३१ मतको अन्तर पुगेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले १९९० मत पाएका छन्। प्रतिनिधि सभाको ३४३४ मत बदर भएको छ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा १ को ९०८० मत गणना गरिएको छ। उक्त क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश रावल अगाडि छन्। उनको ३००२ मत छ। माओवादी केन्द्रका उम्मेदवारको टेकेन्द्र प्रसाद भट्टको २२१६ तथा राप्रपाका उम्मेदवार धर्मराज जोशीको २०८८ मत छ। यो क्षेत्रमा ४२२ मत बदर भएको छ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा १४८८२ मत गणना सकिएको छ। यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार बेलबहादुर रानामगरको ९१९४ मत छ। एमालेका उम्मेदवार सुरेन्द्रबहादुर विष्टको ४७३७ मत मात्र छ। उक्त क्षेत्रमा पाँच जना चुनावी मैदानमा छन्।