बैतडी माया हत्याका आरोपित कोलीको टिकटक: मैले मायाको हत्या गरेको होइन
2022/12/03, 2:09
 
बैतडी माया हत्याका आरोपित कोलीको टिकटक: मैले मायाको हत्या गरेको होइन

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षिया माया लुहारको हत्याका आरोपित अझै पक्राउ परेका छैनन्। पीडित परिवारले किटानी जाहेरी दिएका शिवनाथ गाउँपालिका–४ सोलपलाका भरतराम कोली अझै पक्राउ परेका छैनन् । उनी घटना भएदेखी प्रहरीको फरार सूचिमा रहेको र उनको प्रहरीले निरन्तर खोजी गरिरहेको छ।
यता पछिल्लो समय उनी सामाजिक सञ्जाल टिकटकमा सक्रिय रहेका छन्। पीडित परिवारले किटानी जाहेरी दिएका उनले सामाजिक सञ्जाल टिकटक भिडियोको स्क्रिन सट मार्पmत आफुले मायाको हत्या नगरेको बताएका छन् ।
उनले लेखेका छन, ‘मैले मायाको हत्या गरेको होइन’ भन्ने विषयमा लेखिएको भिडिओ पनि डिलिट गरेका छन् । उनले ६र७ महिनादेखि मृतक माया र आफू प्रेम सम्बन्धनमा रहेको भनेका छन् । उनले लेखेका छन्, ६र७ महिनादेखि माया र उनको सम्बन्ध रहेको त्यो सन्देशबाट थाहा हुन्छ। बिहेको बिषयलाई लिएर मायाले झुटो बोलेको कुराले द्वन्द्व सिर्जना भएको त्यसबाट बुझ्न सकिन्छ।

उक्त सन्देश अनुसार हत्याको केही समय अघि दुई जनाको भेट भएको र मोबाइल माग्दा नदिएको बताएका छन्। उनले मायाको मोबाइल कुलाउ नजिकबाट खोसेर लगेको स्थानीयले देखेका थिए। त्यो दिन साँझ अबेर घर फर्केको उनले उल्लेख गरेका छन्। मायाको मोबाईल चेक गरेको उल्लेख गर्दै उनले भनेका छन्, ‘मैले म्यासेन्जर र कल हेरे, तीन चार जना अरुसँग उनको प्रेम सम्बन्ध रहेछ। अनी मैले अर्को दिन शिवनाथ मन्दिरमा बोलाएर भेटे। उनको बहिनीबाट अलग बोलाएर अरु को हुन भन्दा जवाफ दिइनन्।’ उनले अगाडि लेखेका छन्, ‘उनले मसँग नै बिहे गर्ने कुरा गर्दै किस गर्ने निहुँमा म माथि चक्कु प्रहार गरिन्। त्यही चक्कु खोस्ने प्रयास गर्दा मेरो हात काटियो।’ त्यसपछि त्यही चक्कुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको उनले दाबी गरेका छन्। तर यहाँनेर उनले झुटो कुरा लेखेको अनुमान गर्न सकिन्छ।

किनभने बहिनी ९घाइते नेहा० ले थाहाँ पाउँछ कि भनेर त्यही चक्कु लगेर प्रहार गर्दा भाँचिएर उनी घाइते मात्र भएको उनले बताएका छन्। जुन कुरा घाइते नेहाले बताएको कुरासँग ठ्याक्कै मिल्न गएको छ।यता आरोपि सम्बन्धि प्राप्त स–साना जानकारीलाई पनि संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेम शाहीले बताएका छन्। उनले टिकटक चलाइरहेको, फोन ट्रेस गरिरहेको उनले बताए। घटनाको विभिन्न कोणबाट अनुसन्धान भैरहेको र आरोपिको खोजी कार्य जारी रहेको उनले बताएका छन्। पञ्चेश्वर गाउँपालिका–४ की माया लुहार र उनकी भदै नेहा लुहार मंगलबार बिहान लुगा सिलाउन कुलाउ गएका थिए। त्यसपछि बेपत्ता उनीहरुको खोजी गर्दा अर्को दिन मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। नेहा घाइते अवस्थामा भेटिएकी थिइन्। मायाको शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको हो। उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत थिए। घाइते नेहाको अहिले उपचार भइरहेको छ।