अन्तर्घात गर्ने विरुद्धका उजुरीबारे निर्णय गरेर पठाउन कांग्रेस कञ्चनपुरको निर्देशन
2022/12/05, 5:38
 
ss

नेपाली कांग्रेस कञ्चनपुरले मंसिर ४ मा सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारमाथि अन्तर्घात गर्नेहरु विरुद्ध परेका उजुरीलाई विधिवत् निर्णय गरी पठाउन मातहतलाई निर्देशन दिएको छ।

कांग्रेस कञ्चनपुरले प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कार्यसमितिहरुलाई परिपत्र गरेर निर्वाचनमा अन्तर्घात गर्नेहरुविरुद्ध परेका उजुरीलाई विधिवत् निर्णय गरी पठाउन निर्देशन दिएको हो। जिल्ला सचिव भीम भट्टद्वारा जारी परिपत्रमा आगामी पुस ८ गतेभित्र उजुरीलाई निर्णय गरी पठाइसक्नु पर्ने उल्लेख छ। 

यसअघि आइतबार केन्द्रीय अनुशासन समितिले निर्वाचनमा अन्तर्घात गर्नेहरु विरुद्ध जिल्ला र प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउन निर्देशन दिएको थियो।