बेदकोटमा छाडापशु व्यवस्थापनको विवाद
2022/12/07, 5:51
 
ss

कञ्चनपुरको बेदकोट नगरपालिकामा छाडा पशु व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना भएको छ । स्थानीय किसानले खेतबारी नै नष्ट हुन थालेपछि सो क्षेत्रका छाडा पशु एकत्रित गरेर नगरपालिका कार्यालय परिसरमा हुलेपछि विवाद सिर्जना भएको हो ।

बेदकोट–६ मा रहेको गौशालामा व्यवस्थापन नगरेर छाडा छाडिएको भन्दै तीन दिनदेखि स्थानीय आन्दोलित छन् । कञ्चनपुरका भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाको राजमार्ग क्षेत्रमा छाडा पशु व्यवस्थापन नहुँदा नै सडक दुर्घटना पनि बढिरेहको छ ।

यहाँका पालिकले पशु व्यवस्थापनका लागि करोडौँ रकम खर्च गरे पनि दिगो व्यवस्थापन हुनसकेको छैन् । त्यसैगरी पशु व्यवस्थापन विवाद भइरहेका बेला बेदकोट–३ उत्तरी चुरे क्षेत्रमा केही चौपाया गाडिएको अवस्थामा भेटिएपछि उक्त विवाद थप पेचिलो बन्दै गइरहेको छ ।

आज पनि गौसंरक्षण क्षेत्रमा सक्रिय विभिन्न सङ्घरसङ्गठनले नगरपालिका कार्यालय अगाडि विरोध गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बेदकोटमा छाडा पशु व्यवस्थापनको विषयलाई लिएर विरोध भइरहेको र सो क्षेत्रमा प्रहरी परिचालन गरिएको बताए ।