एमालेका सुदूरपश्चिम प्रदेशसभाका समानुपातिक सांसदको यस्तो छ नामावली
2022/12/11, 12:52
 
dd

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभातर्फका ७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ। सचिवालय बैठकले पाँच महिला र दुई पुरुष गरेर ७ जनाको नाम टुंगो लगाएको हो।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठककाअनुसार खस आर्यबाट स्वयंम उनी सहितका ७ जनाको नाम टुंगो लागेको छ। उनका अनुसार कञ्चनपुरका राजेन्द्र रावल, कैलालीकी सन्तोश शर्मा, कोइलीदेवी चौधरी, बैतडीकी जानकी बम ऐर, डोटीकी निर्मला साउद र हिरा सार्की सूचीमा परेका छन्।

प्रत्यक्षतर्फ ३ सिट जितेको एमालेले समानुपातिकतर्फ ७ सिट पाएसँगै १० जना प्रदेशसभा सदस्य पाएको छ।