बैतडीमा शिक्षक मृत्यु प्रकरणः लगातार यातायात र विद्यालय बन्द, नगरपालिकामा तालाबन्दी
2022/12/21, 1:10
 
dd

बैतडीमा शिक्षक मृत्यु प्रकरणले लगातार विद्यालय र यातायात बन्द रहेको छ । बैतडीका शिक्षक धनबहादुर विष्टको मृत्यु प्रकरणमा बुधबार पनि यातायात अवरुद्ध र पाटनका विद्यालय बन्द रहेका छन् ।

घटनाको सत्यतथ्य छानबीनको माग गर्दै आज पनि थप आन्दोलन चर्किएको छ । मंगलबार गठन भएको संघर्ष समितिले बुधबार बिहानैदेखि दशरथचन्द राजमार्ग अवरुद्ध गरेका छन् । यही पुस २ गते शनिबार पाटनमा मृत फेला परेका शिक्षक विष्टको हत्या भएको परिवारजनको आशंका छ ।

पुष १ गते एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका विष्ट पुस २ गते मृत अवस्थामा फेला परेका थिए । सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक विष्ट कृष्ण मावि पाटनमा कार्यरत थिए । शिक्षक विष्टको भवितव्य मृत्यु नभइ हत्या गरिएको भन्दै संघर्ष समितिले चाँडो दोषी पत्ता लगाउन आग्रह गरिरहेको छ । मृतकका आफन्तले अझै पनि शव बुझेका छैनन् । 

यसैबीच बैतडीको पाटन नगरपालिकामा तालाबन्दी गरिएको छ । कृष्ण माध्यामिक विद्यालय अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्टको मृत्युको सत्यतथ्य छानबिनको माग गर्दै आज नगरपालिकाको कार्यालयमा संघर्ष समितिले तालाबन्दी गरेको हो । 

स्थानीय सरकारले पिडीतलाई न्याय दिनका लागि सहयोग गर्नुपर्नेमा दबाब दिन नगरपालिकामा तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक एवं शिक्षक बिष्टका आफन्त लीला बिष्टले बताइन्। ‘स्थानीय सरकारले पिडीतको  पक्षमा बोल्नुपर्ने हो , मौन छ त्यसकारण न्याय प्राप्तिका लागि दबाब दिन लागि तालाबन्दी गरिएको हो,’ संयोजक बिष्टले भनिन्, ‘अब पनि मौन बसे आन्दोलनका कार्यक्रम सशक्त बन्छन्। ’

संघर्ष समितिले आज बिहानैदेखि दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन्। शिक्षक बिष्टको मृत्यु शंकास्पद रहेकाले दोषीले चाडोभन्दा चाडो पत्ता लगाउन माग राख्दै दशरथचन्द राजमार्ग अवरुद्ध पारेको संघर्ष समितिले जनाएको छ । यस्तै नगरक्षेत्रभित्रका बजार र विद्यालय पनि बन्द रहेका छन् । यही पौष २ गते शनिबार पाटनमा मृत फेला परेका शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका गरेका छन् ।

पौष १ गते एकजना शिक्षकको स्वागत भोजमा सरिक भएका उनी भोलिपल्ट मृत फेला परेका थिए । सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक बिष्ट कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका थिए ।  आफन्तले मृत्यु नभइ हत्या भएको भन्दै शव बुझेका छैनन् । प्रहरीले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भैरहेको जनाएको छ।

मंगलबारदेखि सिआइवीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक योगेश खत्रीले बताए