भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु
2020/06/28, 5:13
 
korona

अछाममा क्वारेन्टिनमा बसिरहेका एक पुरुषको मृत्युु भएको छ । रामारोशन गाउपालिका वडा नम्बर ५ को कैलाशेश्वर घट्टेखेती आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ४५ बर्षिय पुरुषको मृत्युु भएको हो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका थिए । असार ९ गते उनको आरडिटि परिक्षण गरि नेगेटिभ रिपोर्ट आएको थियो ।

असार १३ गते एक्कासी उनको स्वास्थ्यमा स्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा पु¥याईएको थियो । आकस्मिक कक्षमा उपचार भईरहेका उनको असार १४ गते दिउँसो २ बजे मृत्यु भएको छ । मृत्युु पश्चात उनी संगै परिवारका अन्य २ जना विरामि कुरुवा समेतको स्वाब संकलन गरी पिसिआर कोरोना परिक्षणको लागि सेती प्रादेशिक अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । उनी मधुमेहका बिरामी रहेको र औषधी सेवन गरिरहेको अस्पतालले जनाएको छ ।