डडेल्धुराको अजयमेरुका विद्यालयमा एक महिना हिउँदे बिदा
2023/01/02, 12:04
 
ss

डडेल्धुराको अजयमेरु गाउँपालिकाका विद्यालयमा एक महिना हिउँदे बिदा दिइएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लाल सेटीले सूचना जारी गर्दै पुस १७ गतेदेखि माघ १९ गतेसम्म हिउँदे बिदा दिइएको जानकारी गराएका हुन्। मंसिर १९ गते बसेको प्रधानाध्यापक बैठकले गरेको निर्णयअनुसार बिदा दिइएको जारी सूचनामा उल्लेख छ।

‘अजयमेरु गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा हिउँदे बिदा हुने भएकाले सो अवधिभर विद्यालयको भौतिक लगायतका पक्षहरुको सुरक्षाका लागि नजिकको सुरक्षा निकायसंग समन्वय गरी विद्यालयको सुरक्षाको प्रबन्ध गर्नुका साथै बिदा अवधिभर विद्यालयको अतिआवश्यक सेवा प्रवाहको व्यवस्था गर्न हुन जानकारी गराइन्छ,’ गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।