अछाममा हायस दुर्घटना, एक जना घाइते
2023/01/05, 1:10
 
jdhfdh

 अछाममा हायस दुर्घटना भएको छ। हायस दुर्घटना हुँदा चालक घाइते भएकक छन्। विहिबार बिहान अछामको सदरमुकाम मंगलसेन स्थित जिल्ला कारागार कार्यालय तल्तिर अस्पताल जाने बाटो नजिकै दुर्घटना हुँदा गाडी चालक कमलबजार नगरपालिका ५ का अन्दाजी ३० वर्षीय श्याम खत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए।

कमलबजार नगरपालिका वडा नम्बर ५ का गाडी मालिक नरेश शाहीको लु २ ख ६४८० नम्बरको हायस अनियन्त्रित भएर दुर्घटना भएको बिष्टले बताए। गाडीमा अन्य यात्रु नरहेको प्रहरी निरीक्षक बिष्टले बताए। घाइते भएका चालक खत्रीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ।