आन्तरीक पर्यटकको रोजाईमा पर्दै डोटीको  शान्तिनगर
2023/01/08, 11:41
 
ss

 

डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका पर्दछ शान्तिनगर । गाउँपालिकाको वडा नम्बर १ अन्तरगत रहेको शान्तिनगर क्षेत्र (ताल) आन्तरिक पर्यटकको रोजाईमा पर्दै आएको छ ।  जिल्ला सदरमुकाम सिलगढी बाट नजिकै  जंगलको बिचमा, दहताल, वरिपरी हरियाली क्षेत्र, एकान्त सुनशान गाउँघरको बस्तीबाट टाढाँ रहेकोले बिभीन्न संघ संस्था, बिद्यालय र स्थानीयको मनोरञ्जन तथा बनभोज गर्ने क्षेत्रको रुपमा प्रयोग हुदै आएको सोही क्षेत्र अन्र्तगत पर्ने माथिल्लो फुलौट सामुदायीक बन उपभोक्त समितिका अध्यक्ष महेन्द्र बहादुर खड्काले बताए । 

No description available.

उनले भने पछील्लो समय यो क्षेत्र विशेष गरि बनभोज कार्यक्रमको लागि सबैको रोजाईमा पर्दै आएको छ अरु दिनभन्दा शनिबार तथा बिदाको दिनहरु आन्तरीक पर्यटकहरुको भिड हुने गरेको बताए । २०७४ सालमा तत्कालीन समयका उपभोक्ता समितिका अध्यक्ष स्वःदेबेन्द बहादुर खड्काले शान्तिनगर क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा बिकास तथा प्रवद्र्धन गर्न सुरुवात गरेको क्षेत्रलाई पछील्लो समयमा बन समितिले थप ब्यवस्थीत गर्दै अघाडी बढेको अध्यक्ष खड्काले बताए ।  शान्तिनगर क्षेत्रलाई पुर्विचौकी गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने रणनिती रहेको पुर्विचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।  

No description available.

शान्तिनगर क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न आवश्यकता अनुसार भौतिक पुर्बाधार,ताल क्षेत्रमा ढुंगाको ब्यवस्था गर्नुका साथै बाहिरबाट जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आवश्यक सामाग्री स्थानिय बजारले उपलब्ध गराई स्थानीय ब्यापार ब्यवसायलाई प्रर्वद्धन गर्न आवश्यक रहेको नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष मोहन शाहीले बताए । 

May be an image of 6 people, people standing and outdoors

प्राकृतिक सुन्दरताले भरीएको, मानसिक रुपमा दिक्क लागेको मानिसलाई खुसी बनाउने पर्यटकीय क्षेत्रको रुपमा शान्तिनगर क्षेत्र रहेको पद्म पब्लीक मुक्ती नारायण माध्यामीक बिद्यालयका प्रधानध्यापक केशबराज ओझाले बताए । उनले भने पर्यटकीय क्षेत्र अति नै सुन्दर र मनमोहक छ तर मुल सडकबाट सो क्षेत्रसम्म पुग्ने बाटो ब्यवस्थापन, फोहोरमैला ब्यवस्थापन, शौचालय र पर्यटकलाई आकर्षण गर्ने थप भौतिक पुर्बाघारका संरचनाहरु निमार्ण गर्न आवश्यक रहेको समेत प्रअ ओझाले बताए । बिद्यालयले विभिन्न अबसरमा आयोजन गर्ने बनभोज कार्यक्रमको लागि शान्तिनगर नै रोजाईमा पर्ने गरेको समेत बताए ।  शनिबार सो स्थानमा डोटी जिल्ला स्थित सम्पूर्ण पत्रकार र पद्म पब्लिक मुक्ती नारायण माध्यामीक बिद्यालयको बनभोज कार्यक्रम रहेको थियो । 

No description available.

पछील्लो समयमा स्थानिय सरकार, प्रदेश सरकार र विभिन्न संघ सस्थाहरुको सहकार्यमा पोखरी दह वरिवरी घेरबार, वाल निमार्ण, पार्क निमार्ण, गेट निमार्ण गरेको बन उपभोक्ता समितिले जनाएको छ । बनभोज क्षेत्रको रुपमा पिकनिक मनाउन आउने हरुको लागि आवश्यक भाडा, दाउरा पानिको ब्यवस्थापन बन समितिले गरेको छ । सो बाफत बन समितिले केही शुल्क लिने गर्दछ । सो क्षेत्रको ब्यवस्थापन र रेखदेख लागि बन समितिले एक जना चौकीदारको समेत ब्यवस्था गरेको छ ।