
बैतडीको एक होटेलमा आगलागी भएको छ। जिल्लाको पाटन नगरपालिका ४ थुमस्थित प्रकाश भट्टले सञ्चालन गरेको होटेलमा आइतबार राति ९ बजेतिर विद्युतको तार सट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

जस्तापाताले छाएको कच्ची होटेलमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीबाट होटेलमा रहेका सबै फर्निचर र अन्य सामग्री जलेर नष्ट भएका छन्। यस्तै होटेलकै एक कोठामा किराना पसल पनि सञ्चालन गरेको र पसलभित्रका सबै सामग्री जलेर नष्ट भएका प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमलप्रसाद चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोली, स्थानीय र पाटन नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

2025/05/09, 9:51
2025/05/08, 7:58
2025/05/08, 7:57
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/21, 1:32
2020/10/26, 1:31
2021/05/05, 4:48
2021/11/28, 10:05
2022/11/28, 10:44