डडेल्धुरामा करेन्ट लागेर एकजनाको मृत्यु
2023/01/10, 12:25
 
tttt

डडेल्धुरामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ आर्कुडाका ४२ वर्षीय सुन्दरसिंह भाटको करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार घर नजिकैको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा भाटको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।  मृतक भाट नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराअन्तर्गत बगरकोट सव स्टेशनमा सुरक्षा गार्डको काम गर्दै आएका थिए।