सुदूरपश्चिममा धान खेतीका लागि मल अभाव कायमै
2020/06/29, 7:45
 
mal

सधै रासायनिक मल प्रयोग गरेको खेतमा यसबर्ष मल अभावमा उब्जनी घटने कैलारी गाउपालिकाका किसान प्रेम चौधरीले गुनासो गरे । उनले समयमै मल नपाउँदा खेती गर्न सारै नै समस्या भइरहेको बताए । देशमा जारी लकडाउनका कारण सहजै मल पाउन नसकिरहेको किसानहरू बताउदै आएका छन् । मल खोज्न धेरै ठाउ धाए पनि मल भन्ने नपाएको कैलारी गाउपालिकाकै अर्का किसान सुरेशकुमार चौधरीले गुनासो गरे ।

मल नपाउँदा विना मलमै खेती गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । खेती लगाउने समयमै मल नपाए पछि यस वर्ष उब्जनी घट्ने चिन्तामा किसानहरू छन् । प्रदेशमा मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडले मलको कुनै पनि अभाव नभएको दाबी गदै आएको छ । सुदूरपश्चिममा डिएपी सात हजार ५० मेट्रिक टन, युरिया आठ हजार मेट्रिक टन र पोटास दुई सय ७५ मेट्रिक टन क्षमता रहेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले जनाएको छ ।

लक्ष्य भन्दा केही बढी मल आए पनि ८० प्रतिशत किसानले डिएपी मल पाइसकेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नवलसिंह बोगटीको दाबी छ । उनले डिएपी छ हजार एक सय तीन, युरिया १० हजार चार सय ५५ मेट्रिक टन र पोटास दुई सय ४६ मेट्रिक आयात भएको उनले जानकारी दिए । बाकी मल आउने क्रममा रहेको भन्दै उनले केही दिन भित्रै किसानले पर्याप्त मात्रामा मल पाउने दाबी गरे । किसानहरूले बर्सेनी खेतीपातीको मुख्य सिजनमा यस्तै समस्या झेल्दै आएका छन् ।