मुख्यमन्त्री रावलको शपथ चार बजे, दुई जना मन्त्री आजै नियुक्त गर्ने तयारी
2023/01/12, 1:41

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज पद तथा गोपनियताको शपथ लिँदै छन् ।

चार बजे शपथसँगै रावलले सानो आकारको मन्त्री मण्डल पनि बनाउने तयारी गरेका छन् । उनले नेकपा एमालेबाट १ र नेकपा माओवादी केन्द्रबाट १ जना गरी दुई जना मन्त्री आजै नियुक्त गर्ने तयारी गरेका छ । तर नाम टुंगिएको छैन ।
प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा २ अनुसार बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
कञ्चनपुरका रावल समानुपातिक प्रणालीबाट एमालेको प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15