सुदूरपश्चिममा ५५ प्रतिशत खेतीयोग्य जमीनमा सिचाई सुविधा अभाव 
2020/06/29, 8:03
 
sichai

सुदूरपश्चिम प्रदेशमा मल खाद, विउसंगै कृषकहरुले सिचाइ अभाव पनि व्यहोर्नु परिरहेको छ । प्रदेशभरीका कुल खेतीयोग्य जमिनमध्ये ५५ प्रतिशतमा पनि सिचाई पुग्न नसकेको कृषि निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार कुल खेतीयोग्य जमिनमध्ये एक लाख ६९ हजार सात सय ८५ हेक्टरमा सिचाइ सुविधा पुगेको जनाईएको छ ।

निर्देशनालयका अनुसार एक लाख १३ हजार तीन सय दुई हेक्टर क्षेत्रफलमा वर्षभरी सिचाई सुविधा रहेको छ भने ५६ हजार चार सय ८३ हेक्टरमा आंशिक सिचाई सुविधा रहेको जनाईएको छ ।  निर्देशनालयका निर्देशक यज्ञराज जोशीले प्रदेशमा अझै धान खेती व्यवसायिक वन्न नसकेको बताए । उनले भने–प्रदेशका कृषकहरु अहिले पनि परम्परागत शैलीमै धान खेती गर्दै आएका छन ।

यसलाई व्यवसायिक बनाउन मन्त्रालयले थप कार्यक्रम ल्याउन आवश्यक छ ।’ उनले वर्षा भएपछि मात्र किसानहरुले समयमै धान रोप्ने तर, रोपीसकेपछि वर्षा नभए उत्पादनमा हस आउने गरेको जानकारी दिए ।