
कञ्चनपुरको महेन्द्रनगरबाट साढे १५ किलो लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरिएको छ । भीमदत्त नगरपालिका ३ कालिका टोलबाट १५ किलो ५२० ग्राम चरेशसहित बझाङको केदारस्यु गाउँपालिका ७ का ४० वर्षीय करन धामीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी चक्रबहादुर शाहले विशेष सूचनाका आधारमा सुदूरपश्चिम अनुसन्धान समूहका प्रहरी सहायक निरीक्षक मोहन रावल र जिप्रकाको संयुक्त प्रहरी टोलीले धामीलाई चरेशसहित पक्राउ गरिएको जानकारी दिए ।
धामीलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15