कृषि ज्ञान केन्द्रका कागजात अख्तियारको कब्जामा
2020/06/29, 1:09
 
aniymitta

कृषि ज्ञान केन्द्र कञ्चनपुरका कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कब्जामा लिएको छ । अनुदान वितरणमा अनियमितता भएको उजुरीपछि अख्तियार कञ्चनपुरको टोलीले ज्ञान केन्द्रका कागजात कब्जामा लिएको हो ।

उजुरीपछि अनुदान वितरण सम्बन्धिका कागजात नियन्त्रण गर्न टोली पठाएको र कागजात नियन्त्रणमा लिएको अख्तियारका निमित्त प्रमुख महेश पाण्डेयले बताए । उजुरी अनुसार छानबिन अगाडी बढाईने उनले बताए ।