कञ्चनपुरमा १४ बर्षीय अविवाहित बालिकाले जन्माइन शिशु
2023/01/24, 12:12
 
111111

कञ्चनपुरको बेलौरीमा १४ वर्षीया अविवाहित बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका – ८ बालिकाले माघ ३ गते घरमै शिशु(छोरा) लाई जन्म दिएकी हुन ।

ति बालिकाले जन्माएका शिशुको वुवा को हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय वेलौरीले जनाएको छ । नेपाली कानुन अनुसार १८ बर्ष नपुग्दै भएको यौन सम्बन्धलाई बलात्कार भएको मानिन्छ । जसका कारण उक्त घटना अपराधिक भएको भन्दै प्रहरीमा उजुरी परेको छ । प्रहरीले भारतीय नागरिकविरुद्ध किटानी जाहेरी दर्ता गरिएको जनाएपनि अझै पुष्टि हुन नसकेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले भारतको बरेलीका दयाराम गुप्ताविरुद्ध परिवारले किटानी जाहेरी दिएको बताए ।प्रहरीका अनुसार ती भारतीय नागरिक नातामा बालिकाका भिनाजु पर्छन् । गत बैशाखमा विवाह गर्ने भन्दै भारत भगाएर लैजाने क्रममा सीमा क्षेत्रबाट बालिकाको उद्दार गरिएको प्रहरीको भनाइ छ ।

अहिले बालिकालाई शिशुसहित परिवारको जिम्मा लगाईएको छ । प्रहरीले भारतीय नागरिकको शिशु भएको दाबी गरेपनि स्थानीयले भने वास्तविक दोषीलाई उन्मुक्ति दिन आर्थिक चलखेल गरिएको आरोप लगाएका छन् ।