वीणा विद्या मन्दिरको वार्षिकोत्सव सम्पन्न 
2023/01/26, 5:37
 
Bina

धनगढी - श्री वीणा विद्या मन्दिर सार्वजनिक गुठी आधारभूत विद्यालयको १८ औँ वार्षिकोत्सव एक समारोहकाबिच सम्पन्न भएको छ । गौरीगंगा नगरपालिका वडा न–६ मा रहेको सो विद्यालयले आज सरस्वती पूजा तथा श्री पञ्चमीको दिनको शुभ अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बोगटीको सभापतित्व भएको कार्यक्रममा गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कँडेल प्रमुख अतिथि रहनु भएको थियो । 

No description available.

 १८ औँ वार्षिकोत्सव समारोहमा विविध सांस्कृतिक कार्यक्रम सहित सञ्चालन भएको सो अवसरमा विद्यालयका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । 

सो कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष समाजसेवी एकम छेडाल, समाजसेवी एवं स्थानीय नेता पुरन सिंह कडायत, समाजसेवी एवं राष्ट्रिय कलाकार सुरत रावत (डोटेली कान्छा) लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सो कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक दलबहादुर बोगटीले गर्नु भएको थियो ।

No description available.

No description available.

No description available.