राँगा साट्ने किसानलाई एक लाख जरिवाना
2023/01/26, 5:41
 
ss

राँगा साट्दा किसानलाई कैलाली प्रहरीले पक्राउ गरेर जरिवानासमेत तिराइएको घटनाको चौतर्फी विरोध भइरहेको छ । भजनी नगरपालिका–३ काँढाका ६० वर्षीय कल्लु डंगौरालाई पक्राउ गरेर भन्सारमा जरिवाना तिराइएको थियो । घटनापछि स्थानीय प्रशासनले सोझो डङ्गौरामाथि अन्याय गरेको भनेर टिकाटिप्पणी भइरहेको छ । धनगढी उपमहानगरपालिका–१६ घसिटास्थित प्रेमलाल रानाको घरबाट पाडा दिएर हलो जोत्ने दुई वटा राँगा साटेर घरतिर जाँदै गरेका डंगौरालाई नेपाल प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय भजनीमा एक रात थुन्नुकासाथै सत्ती भन्सार पु¥याएको थियो । भन्सारमा मान्छेको ७० हजार र कबोलमार्फत राँगाको ३० हजार गरी एक लाख तिरेर डंगौरा छुटेको घटना बाहिरिएको थियो । उनले गाउँबाट ऋण सापटी लिएर जरिवाना तिरेको बताइएको छ । घटनाको विभिन्न व्यक्तिले विरोध गरेका छन् । प्राध्यापक सीताराम भट्टले नागरिकलाई यो किसिमको अपराध भएको हो भने त्यो असह्य रहेको बताएका छन् । 


यस्तो थियो घटना 

यो घटना गएको शनिबारको हो । डङ्गौरा घसिटामा रानालाई पाडा दिएर काम गर्ने राँगा लिएर फर्कदै थिए । राँगा लिएर घर फर्कदैगर्दा भारतबाट तस्करी गरेर ल्याएको भन्दै नेपाल प्रहरीले भजनी नगरपालिका–७ को हिम्मतपुरस्थित हुलाकी सडकबाट उनलाई पक्राउ गरेको थियो । शनिबार पक्राउ गरिएका डङ्गौरालाई इलाका प्रहरी कार्यालय भजनीमा एक रात थुनेर आइतबार सत्ती भन्सार कार्यालय बुझाइएको थियो । भन्सारमा मान्छेको ७० हजार र कबोलमार्फत राँगाको ३० हजार गरी एक लाख रुपैयाँ तिरेर डङ्गौरा छुटेका छन् । 

आफूले घसिटाबाट साटेर ल्याएको भनेपनि प्रहरीले पक्राउ गरेको उनको गुनासो छ । डङ्गौरालाई हलो जोत्ने राँगा मिलाइ दिने काम भजनीकै पशु व्यवसायीले गरि दिएका थिए । भजनीमा बसोबास रहेको मुस्लिम समुदाय ९जागा० बाजेबाबुका बेलादेखि पशु किनबेचको व्यापार गर्दै आएका छन् । 

भजनी नगरपालिका–२ रजवारामा रहेको रिवान पशु एण्ड ट्रेड सप्लायर्सका प्रबन्धक मग्बुल जागाले वैधानिक रुपमा फर्म दर्ता गरी लाइसेन्स लिएर आफूहरुले पशु किनबेँचको काम गर्दै आएकाले घसिटामा डङ्गौराका लागि राँगा मिलाइ दिएको बताए । ‘गाउँ–गाउँ गएर पशु किनबेच गर्ने हाम्रो कामै हो’, उनले भने,‘हामीले राज्यलाई कर तिरेर व्यवसाय गरिरहेका छौं । एक डेढ हजार रुपैयाँ लिने गरी हाम्रो मान्छेले कल्लुलाई राँगा मिलाइ दिएका हुन ।’

नेपालबाटै साटेर राँगा ल्याउँदा भारतबाट तस्करी गरेको भन्दै प्रहरीले पक्राउ गरेर किसानलाई दुःख दिएको जागाको भनाइ थियो । साथै, बाजेबाबुका पालादेखि गाउँ–गाउँ गएर पशु खरिद, बिक्री गरेर गुजारा गर्ने आफूहरुलाई पनि समस्यामा पारेको उनको भनाइ थियो । जागाहरुले पशु हाट बजारबाट र गाउँ–गाउँबाट पाडा, गोरु किन्ने अनि केही फाइदा लिएर किसानलाई बेच्ने गरेको जनाइएको छ ।  

यसैगरी, सोही दिन नै भजनीकै पशु व्यवसायी जाहिर अलीको दुई वटा पाडा पनि प्रहरीले पक्राउ गरेको थियो । व्यवसायी अलीका भाई र सहयोगी कैलारी गाउँपालिका–७ का सोमैँ चौधरीलाई दुई पाडासहित कैलारी गाउँपालिका–५ बैजपुरबाट पक्राउ गरिएको हो ।

धनगढी उपमहानगरपालिकाको फूलबारीस्थित जे गाउँका रामप्रसाद चौधरीको घरमा बूढा राँगासंग साट्नका लागि पाडा लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको भजनी नगरपालिका–३ काँढावासीसमेत रहेका अलीले बताए । ‘हामीले भन्सार छलेर तस्करी गरेको होइन । बूढा राँगोसंग साट्नको लागि पाडा लगिरहेको बेला पक्राउ गरिएको हो’, उनले भने,‘पशु हाट बजारबाट पाडा किनेको कागजात, बील, वडाको सिफारिस सबै थियो । तर, प्रहरी प्रशासनले हाम्रो कागजातै नहेरी भन्सार पु¥यायो ।’ 

दुई पाडासहित पक्राउ परेका दुई जनालाई इलाका प्रहरी कार्यालय हसुलियाहुँदै जिल्ला प्रहरी कार्यालय धनगढी पु¥याइएको थियो । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई त्रिनगर भन्सार कार्यालयमा बुझाएको थियो । भन्सारमा दुई व्यक्तिको ८०÷८० हजार गरी एक लाख ६० हजार र कबोलमार्फत पाडाको २१ हजार ५०० रुपैयाँ तिरेको अलीले बताए । ‘कुल एक लाख ८१ हजार ५०० रुपैयाँँ तिर्नुप¥यो’, उनले भने,‘सानोतिनो व्यवसाय गरेर खाने मान्छे हामी त त्यसै डुब्यौँ ।’  

फर्म दर्ता गरेर आफ्नो परिवारले बाजेको पालादेखि पशु खरिदबिक्रीको काम गर्दै आएको अलीको भनाइ थियो । जे गाउँका रामप्रसाद चौधरीको राँगासंग साट्न खोजेका पाडा अलीले बाँकेको जानकी गाउँपालिकास्थित रमुवापुरबाट खरिद गरेर ल्याएको बताए । ‘फेरि चार वटा पाडा त्यहिँबाटै किनेर ल्याएको छु’, उनल भने । पशु हाट बजारबाट किनेर वा किसानकैबाट किनेको पाड÷राँगा जोरा मिलाएर किसानलाई नै बिक्री गर्ने गरेको पशु व्यवसायी अलीको भनाइ छ । बाँकेको रमुवापुर पशु हाटबाटसमेत पाडा÷राँगा किनेर ल्याउँदा अहिलेसम्म प्रहरीले कहिल्यै दुःख नदिएको उल्लेख गर्दै उनले भने,‘हाट बजारको बील देखाएपछि प्रहरीले आउन दिने गरेका छन् । तर, पाडा साट्न जाँदा अहिले पक्राउ गरेर भन्सार पु¥याइयो ।’ 

भजनी नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ३ का वडा अध्यक्ष विक्रम चौधरीले आफ्नै देशबाट पाडा ल्याएर आफ्नै देशमा व्यवसाय गर्दा प्रहरीले व्यवसायीमाथि ज्यादति गरेको बताए । जागाहरु कैयौं पुस्तादेखि गाउँघरमा पशु किनबेच, साटासाटको काम गर्दै आएको भन्दै उनले थपे,‘उनीहरुको गुजारा त्यसैबाट चलेको छ । पाडा भन्सार छलेर तस्करी गरी ल्याएका होइनन् ।’ उनले यस विषयमा कुरा गर्न खोज्दा सुदूरपश्चिमका प्रहरी नायब महानिरीक्षकले सुनुवाइ नै नगरेको बताए । ‘हसुलिया र भजनी इप्रकाका प्रहरीले माथिको आदेश भन्दै पन्छिए’, चौधरीले भने,‘मैले डिआइजी साबसंगै कुरा गर्न खोजेँ तर, उहाँले बोल्न मान्नु भएन ।’

प्रहरीले भने भन्सार छलेर कैलालीमा भारतबाट तस्करी पनि हुने गरेको बताएको छ । यसअघि, पनि तस्करीका राँगा पक्राउ गरिएको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले भन्सार छलि केसमा राँगासहित मान्छे पक्राउ गरेको बताए । पछि भन्सार छलेको होइन भन्ने पनि आवाज उठेको सुनिएको उल्लेख गर्दै उनले पशु व्यापारीले चलाकीपूर्ण तरिकाले पशुको तस्करी गरिरहेको जिकिर गरे । ‘भारतबाट पशु, चौपाया ल्याउन पाइदैन’, उनले थपे,‘अहिलेको केसको वास्तविकता के हो त्यो यसै भन्न सकिन्न ।’ व्यवसायीसंग व्यावसायको कागजात भएको भए त्यो भन्सारले हेरेको हुनु पर्ने  उनको जिकिर थियो । ‘जरिवाना त्यसै गरिएको हैन होला रु’, साउँदले भने ।