प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिँह रावल र पुर्व उपप्रधानमन्त्री भीम रावल बिच जम्काभेट
2023/01/26, 6:08
 
ss

सुदूरपश्चिम प्रदेश घर भएका एमालेका दुई नेता राजेन्द्र रावल र भिम रावल बिच धनगढी बिमान स्थलमा  जम्काभेट भएको छ ।  
प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिँह रावल र पुर्व उपप्रधानमन्त्री भीम रावलसँग जम्काभेट भएको हो ।  उनीहरु बिचमा समसामयिक राजनीतिको विषयमा कुराकानी भएको थियो।

एमालेका नेता रावलले मुख्यमन्त्रीलाई विश्वासको मतको विषयमा जिज्ञाशा राखेका थिए। मुख्यमन्त्री रावलले सत्ता गठबन्धनमा रहेका दलहरुसँगको छलफलपछि मात्र विश्वासको मत लिने बताएका थिए। एमालेका नेता भीम रावलले अछामका समस्याहरु पनि मुख्यमन्त्री रावललाई सुनाएका छन्। मुख्यमन्त्री रावलले पहलकदमी गर्ने बताएका थिए। 

प्रदेशमा काँग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। प्रदेश सभाबाट बहुमत तथा विश्वासको मतका लागि २७ जना प्रदेश सभा सदस्य आवस्यक हुन्छ।