देशकै सर्वाधिक धनराशीको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
2023/01/26, 6:29
 
aa

कैलालीको धनगढीमा देशकै सर्वाधिक धनराशीको धर्मदेव पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको छ । पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियोगिता हुने बिहिबार पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।

देशभरमै सर्वाधिक पुरस्कार राशीको ब्याडमेन्टन प्रतियोगिता प्रदेशमा संचालन गर्न लागेको संयोजक मेम्बर सिंहले जानकारी दिए । प्रतियोगितामा  खुल्ला पुरुष डबल, पुरुष तर्फ नै ४५ बर्ष माथिका भेट्रान र ५५ बर्षमाथिका भेट्रान गरि तीन ईभेन्टमा प्रतियोगिता संचालन गरिने संयोजक सिंहले बताए । खुल्ला पुरुष डबलमा प्रथमलाई १ लाख २१ हजार, द्धितियलाई ७१ हजार र तृतीयलाई ५१ हजार रकम पुरस्कारसंगै मेडल तथा ट्रफी प्रदान गरिने छ । 

४५ बर्षमाथिको भेट्रानमा प्रथमलाई ५१ हजार, द्धितियलाई ३१ हजार र तृतीयलाई २१ हजार नगद तथा ५५ बर्षमाथिको भेट्रानमा प्रथमलाई ३१ हजार, द्धितीयलाई २१ हजार र तृतीयलाई ११ हजार नगद सहित ट्रफी, मेडल प्रदान गरिने संयोजक सिंहले बताए । प्रतियोगिताको जम्मा पुरस्कार राशी चार लाख नौ हजार हुने छ । प्रतियोगितामा फागुन ९ गतेभित्र नाम दर्ता गरिने र १० गते टाईसिट निकालिने छ ।