
धनगढी - कञ्चनपुरमा ३४ दशमलव ९५ क्युफिट अवैध काठ बरामद गरिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ बाट सो परिणाममा काठ बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले लालदाश रानाको घर पछाडीको आलु बारीमा खाडल खनी लुकाई राखेको अवस्थामा अवैध काठ बरामद गरिएको प्रहरीले बताएको छ। ७ फिट लामो र ५ फिट १० इन्च गोलाई भएको सालको काठ एक थान, ८ फिट लामो र एक फिट ६ इन्च चौडाई तथा ८ इन्च मोटाई भएको थप दुई थान सालकै काठ बरामद गरिएको हो।
प्रहरीले विशेष सुचनाको आधारमा बरामद गरेको ३४ दशमलव ९५ क्युफिट काठलाई सव–डिभिजन बन कार्यालय बाणीमा बुझाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 3:42
2020/10/21, 2:53
2021/05/13, 1:17
2021/12/08, 11:47
2022/12/18, 1:19