सुदूरपश्चिम प्रदेश सभाको बैठक अझै अनिश्चित
2023/01/27, 1:04
 
सुदूरपश्चिम प्रदेश सभाको बैठक अझै अनिश्चित

कैलाली - सुदूरपश्चिम प्रदेश सभाकै बैठक कहिले बस्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन । यस अघि ११ गते बस्ने भनिएको बैठक अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित गरिएको थियो । बैठक स्थगित गरिएको २ दिन सम्म पनि अर्को बैठक बस्ने बारे टुङ्गो लाग्न नसकेको हो ।

सुदूरपश्चिम प्रदेश सभाको अबको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत दिने छन् । उक्त बिषयमा छलफल भइरहेको हुँदा बैठक बस्ने बारे टुङ्गो लाग्न नसकेको हो ।
अब केही दिन भित्रै प्रदेश सभाको बैठक आह्वान गरिने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए।

अघिल्लो महिना २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त भएका थिए । यहि २७ गते भित्र रावलले विश्वासको मत लिइसक्नु पर्ने छ । अहिले नागरिक उन्मुक्तिले यस बिषयमा ठोस निर्णय नगरेपछि विश्वासको मत दिने बिषयमा छलफल भइरहेको जनाइएको छ ।