निम्न वर्गको उत्थानमा कटिबद्ध छुः मुख्यमन्त्री रावल
2023/01/28, 12:55
 
ss

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले गरिब तथा निम्न आयस्रोत भएका वर्गको जीवनस्तर उत्थानका कार्ययोजना ल्याउने बताएका छन् । मुख्यमन्त्री रावलले डोटीका भूकम्प पीडितको पुनस्र्थापना तथा राहत सहयोगका लागि ध्यानाकर्षण गराउन आएका सामाजिक संस्थाका प्रतिनिधिसँगको भेटमा यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले जति दिन नेतृत्वमा रहे पनि गरिब, पीडित र निम्न वर्गको उत्थानमा काम गर्ने प्रतिबद्धता गरे। उनले भने, “आफ्नो प्राथमिकता पढाइ, कमाइ, दबाइ उपलब्ध गराउने तथा पानी, खानी र जवानी सदुपयोग गर्ने हुनेछ।” उनले सरकार र सामाजिक संस्था मिलेर एकद्वारा मार्फत राहत र उद्धारका काम गरिनुपर्ने बताए। उनले सुदूरपश्चिमलाई देउकी, छाउपडीजस्ता कुप्रथामा मात्रै जोडेर हेर्न नहुने पनि बताए। 

तीन महिनाअघि खप्तड केन्द्रबिन्दु बनाएर गएको ६.६ म्याग्निच्युडको भूकम्पले छ जनाको मृत्यु, सात जना घाइते भएका थिए। डोटी र बझाङ जिल्लामा उक्त भूकम्पले पाँच सय घर पूर्ण क्षतिग्रस्त र चार हजार पाँच सय घर चर्केको तर राहत र पुनस्र्थापनाको काम अपेक्षित रूपमा अघि बढ्न नसकेको बताइन्छ। भूकम्पपीडित विशेष गरी सुत्केरी, गर्भवती, बालबालिका, वृद्धवृद्धाहरू जोखिममा रहेको सरोकारवालाले बताएका छन्।