पुनर्वासमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु,दुई घाईते 
2023/01/28, 2:56
 
ss

कञ्चनपुरको पुनर्वास नगरपालिका ५ सिमरीमा सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । शनिबार बिहान धनगढीबाट पुनर्वासको आईबीआरडी तर्फ आई रहेको म १ ह  ८२४ नम्बरको अटो दुर्घटना हुँदा अटोमा सवार एकजनाको मृत्यु भएको छ भने दुई जना घाईते भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिए ।

उनका अनुसार अटो आफै अन्यन्त्रित हुँदा अटोमा सवार हेटौंडा घर भएका ३० वर्षिय सरोज रिमालको उपचारका क्रममा धनगढी स्थित माया मेट्रो हस्पिटलमा मृत्यु भएको हो ।  यस्तै अटोमा सवार महोत्तरी बर्दिबास ४ घर भएका २२ वर्षिय सुशील बुढाथोकी र रामेछाप घर भएकी १८ वर्षिय सबिना घिमिरे घाईते भएको र उनीहरु दुई जनाको खुट्टामा सामान्य चोट लागेकोले माया मेट्रो हस्पिटलमै उपचार भइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

अटो मोहन्याल गाउँपालिका २ कोल्तडी स्थायी घर भई धनगढी ८ क्याम्पस रोड बस्दै आएका ३२ वर्षीय रमेश देवकोटाले चलाएका थिए । अटोमा चालक सहित चार जना सवार थिए ।  अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।