सर्वोच्च अदालतमा टीकापुर घटना सम्बन्धी आज तोकिएको पेसी स्थगित
2023/01/31, 12:09
 
सर्वोच्च अदालतमा टीकापुर घटना सम्बन्धी आज तोकिएको पेसी स्थगित

कैलाली - टीकापुर घटना सम्बन्धी आज सर्वोच्च अदालतमा तोकिएको पेसी स्थगित भएको छ। कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको आज सर्वोच्च अदालतमा तोकिएको पेसी स्थगित भएको हो। यस अघि ८ पटक सम्म साधारण तरिक र ५ पटक पेसी स्थगित भइसकेको थियो। आजै अर्को पेसी तोकिने जनाइएको छ।

२०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी मारिएका थिए । ०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। ०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।त्यसपछि रेशम चौधरी पक्षका कानुन व्यवसायीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए।