
धनगढी - कैलालीमा चित्तलका दुई छालासहित एक जना पक्राउ परेका छन्। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलियाका ५४ वर्षीया खेमराज सापकोटा चित्तलको छालासहित पक्राउ परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

इलाका प्रहरी कार्यालय, सुखडका प्रमुख प्रहरी नायव उपरिक्षक लक्ष्मण शाहीका अनुसार उनको घरमा दुई थान चित्तलको छाला थियो। मंगलवार राति १० बजे पक्राउ परेका सापकोटाले अरुबाट खरिद गरेको बयान प्रहरीलाई दिएका छन्। उनलाई कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय पहलमानपुरको जिम्मा लगाउने शाहीले बताए। सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09